Trending :
 

बेलायतमा पढाइपछि सकिएपछि अन्तर्राष्ट्रिय विद्यार्थीले ‘वर्किङ भिसा’ पाउने

भाद्र २७,२०७६

-

भदौ २७, २०७६ काठमाडौं ।
बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन् । 
 
सरकारले सैक्षिक सत्र २०२०-२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ । 
 
अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ । 
 
प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ । आजको कान्तिपुर दैनिकमा छ ।