Trending :
 

काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ !

भाद्र २८,२०७६

-

भदौ २८, २०७६ काठमाडौं ।
 
समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । 
 
कति घुस ?
ठेक्का सम्झौता गर्दाः २.५ प्रतिशतसत 
 
मोबिलाइजेसन पेस्की दिँदाः  २ देखि २.५ प्रतिशत
 
निर्माण सुरु नहुँदैः ५ प्रतिशत 
 
अलपत्र परेका ठेक्कामा फसेको लगानीः  १ खर्ब १९ अर्ब 
 
आयोजनाबाट उठेको अग्रिमः  २ अर्ब ३६ करोड 
 
काम सुरु नहुँदैः  ५ अर्ब ३१ करोड 
 
अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ।