Trending :
 

तल्लो अरुण निर्माण आफ्नो स्वामित्वको कम्पनीलाई दिन भारतको प्रस्ताव !

भाद्र २८,२०७६

-

भदौ २८, २०७६ काठमाडौं ।
भारतले ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ । 
 
भारतीय सरकारको लगानी रहेको सतलज निमगले अरुण तेस्रो निर्माण गरिहेको र सोही कम्पनीले ४०० मेगावाटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका छन् । 
 
ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौँमा भएको भेटमा भारतीय ऊर्जा राज्यमन्त्रीले यस्तो आग्रह गरेको भेटमा संलग्न स्रोतले जानकारी दिएको छ । 
 
तल्लो अरुणको निर्माणको जिम्मा भारतले आग्रह गरेको यो दोस्रोपटक हो । कान्तिपुर दैनिकामा खबर छ ।