Trending :
 

चर्चा भएपनि काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता अध्ययन भएन

भाद्र २९,२०७६

-

भदौ २९, २०७६ काठमाडौं ।
काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन ९डिपीआर० हुन सकेको छैन । 
 
यसै यता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौँ–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएको वा नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो । 
 
यसबारे छलफल राम्रै भएको विभागका महानिर्देशक बालाराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौँ–रक्सौल रेलबारे सहमति समेत भएको थियो । 
 
वाङ यीको नेपाल भ्रमणका अवसरमा काठमाडौं–केरुङ रेलमार्गका विषयमा छलफल हुने विश्वास गरिएको थियो तर रेल विभाग र सम्बन्धित मन्त्रालयलाई बोलाइएन । कान्तिपुर दैनिकमा खबर छ।