Trending :
 

गोरखामा पहिलो पटक मोबाइल थिचेर १२० घरमा पानी

भाद्र २९,२०७६

-

भदौ २९, २०७६ काठमाडौं ।
 
खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ । 
 
आरुघाट गाउँपालिका १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ । 
 
प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।