Trending :
 

केरुङमा दसैं र तिहारका सामान थन्किए !

आश्विन ०५,२०७६

-

असोज ५, २०७६  काठमाडौं ।
 
केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन् । 
 
 
चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । 
 
‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने,‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन् ।’ 
 
कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।