Trending :
 

विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै !

आश्विन ०५,२०७६

-

असोज ५, २०७६  काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । 
 
प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । 
 
प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । 
 
सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन ।
 
 टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।