Trending :
 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक रद्द गर्ने

आश्विन ०५,२०७६

-

असोज ५,२०७६  काठमाडौं ।
विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ ।
 
पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । 
 
सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । 
 
‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड-२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ । 
 
मापदण्डअनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त)सहित १४२ जनाकै पदक खोसिनेछ । 
 
सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । 
 
ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ।