Trending :
 

मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार गरिने

आश्विन ०६,२०७६

-

असोज ६,२०७६  काठमाडौं ।
साविक दुई लेनमा रहेको मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । 
 
मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन-पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए । 
 
सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए। उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन-आँबुखैरेनी खण्ड विस्तार गरिने छ । 
 
सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए । गोरखापत्र दैनिक