Trending :
 

जहाज थन्किदा नेपालीलाई दसैंमा घर फर्कन सास्ती

आश्विन १०,२०७६

-

असोज १०, २०७६ काठमाडौं ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । 
 
उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ । 
 
निगमले दिल्ली-काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो । 
 
निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । कान्तिपुर दैनिकमा खबर छ।