Trending :
 

मलेसिया रोजगारीः १ लाख युवाले राजगारी पाउने सम्भावना

आश्विन १०,२०७६

-

असोज १०, २०७६ काठमाडौं ।
मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ ।
 
मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या त्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो । अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाहरुले बताएका छन् । 
 
विगत लामो समयदेखि मलेसिया खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवा संख्या १ लाख पुगेको छ । र कारोबार दैनिकमा खबर छ।