चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा कुकुरसहित भारतीय सेनाको गस्ती !

आश्विन १४,२०७६




असोज १४, २०७६  काठमाडौं ।
भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो ।
 
तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं ।
 
भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा भने,हामीले फोटो खिच्यौं र उनीहरुलाई रोक्न भन्यौं । तर उनीहरु नसुनेझै गरेर गए ।’
 
साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो । क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए । छ्यालेकमा नेपालको प्रहरी चौकी छ । चौकीमा २३ प्रहरी छन् । अन्नपूर्ण पोस्ट्मा खबर छ।