जापानले रोजगारीका लागि नेपाली श्रमिकको कोटा बढाउँदै

आश्विन १५,२०७६

-

असोज १५,२०७६ काठमाडौं ।
जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । 
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो । 
 
मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरेको बताए । कारोबार दैनिकमा खबर छ।