Trending :
 

गुणस्तर परीक्षणको लागि पठाएको एक करोड बराबरको सुन नै गायब

आश्विन २९,२०७६

-

असोज २९, २०७६ काठमाडौं ।
गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो । 
 
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो । 
 
संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ।