Trending :
 

जमिन चिरा परेको बेत्रावती-रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

आश्विन २९,२०७६

-

असोज २९,२०७६ काठमाडौं ।
बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ ।
 
सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दुरी २४ किलोमिटर हुने छ ।
 
नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको छ । आजको नागरिक दैनिकमा खबर छ ।