Trending :
 

बुटबल-गोरखपुर प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारत सहमत

आश्विन २९,२०७६

-

असोज २९,२०७६ काठमाडौं ।
नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ । 
 
भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सविचस्तरीय बैठकले सोमबार प्रशारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेको हो । 
 
बराबरी स्वपुँजी भएको  कम्पनी स्थापना गरी प्रशारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको हो । कान्तिपुर दैनिकमा खबर छ ।