Trending :
 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

आश्विन ३०,२०७६

-

असोज ३०,२०७६ काठमाडौं ।
सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ ।
 
तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । 
 
टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ । 
 
आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।