Trending :
 

चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमै

कार्तिक ०१,२०७६

-

कात्तिक १,२०७६ काठमाडौं ।
संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । 
 
अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । 
 
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । 
 
अर्थमन्त्री युवराज खतिवडा विदेशमै छन् । उन २८ असोजमा अमेरिका प्रस्थान गरेका हुन् । 
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा छन् । 
 
राष्ट्रपति स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीको पनि विदेश भ्रमण तयर भएको छ ।
 
भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्याल चीनको बेइजिङमा छिन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।