Trending :
 

गलत रगत चढाइँएर मृत्यु भएकी ५ वर्षीया बालीकाका परिवारले अझै न्याय पाएनन्

कार्तिक ०६,२०७६

-

कात्तिक ६, २०७६  काठमाडौं ।
गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् । 
 
मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा ग¥यो ।
 
 तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो । कान्तिपुर दैनिकमा खबर छ।