Trending :
 

रौतहट जिविस सदस्यलाई ज्युँदै उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याउन लगाएका थिए आलमले’

कार्तिक ०६,२०७६

-

कात्तिक ६, २०७६  काठमाडौं ।
 
रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे ।
 
त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो ।
 
एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ । 
 
व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।