Trending :
 

कालिकोटमा सार्वजनिक जग्गामा घर टहरा बनाएर ‘लेलिन बजार’स्थापना !

कार्तिक ०८,२०७६

-

कात्तिक ८, २०७६ काठमाडौं ।
 
कालिकोट जिल्लाको रास्कोट नगरको केन्द्र रहेको आर सिपी बजार पुरै सार्वजनिक जग्गामा स्थापना भएको छ । 
 
सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओबादीले बजारीकरणका लागि ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गराएको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् । 
 
स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन अनुरोध गरेको थियो । तर सित्तैमा जग्गा पाएको भन्दै केही व्यक्तिले ठूलो लगानी गरेर घर बनाई व्यावसाय गरिरहेका छन् । 
 
नगर सरकारको बारम्बारको आग्रहलाई स्थानीयले नमानेपछि  नगरको चौथो सभाले बजार स्थानान्तरण समिति गठन गरेको थियो । तर, अझै काम अगाडि बढ्न सकेको छैन । आजको गोरखापत्रमा खबर छ।