Trending :
 

दैलेखमा चिनियाँ टोलीद्धारा पेट्रोलियम पदार्थको अन्वेषण सुरु

कार्तिक १९,२०७६

-

कात्तिक १९,२०७६  काठमाडौं ।
 
पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ ।
 
 
दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो ।
 
प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ ।
 
यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ।