Trending :
 

कृषि र खाद्य सुरक्षामा एडीबीले ५ अर्ब ६० करोड ऋण सहयोग गर्ने

कार्तिक १९,२०७६

-

कात्तिक १९,२०७६  काठमाडौं ।
 
एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । 
 
 
एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।
 
नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी डलर (रु ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए । 
 
आजको आर्थिक अभियान दैनिकमा खबर छ।