Trending :
 

५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम आधा मात्रै

कार्तिक १९,२०७६

-

कात्तिक १९, २०७६  काठमाडौं ।
 
पथलैया-वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । 
 
२०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ । 
 
२०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो । 
 
यसपटक म्याद थपिएपनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन । 
 
६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो । आजको कारोबार दैनिकमा खबर छ।