Trending :
 

निगमले पटक-पटक टेन्डर आह्वान गर्दा पनि बोइङ-७५७ बिक्री भएन

कार्तिक १९,२०७६

-

कात्तिक १९, २०७६  काठमाडौं ।
नेपाल वायु सेवा निगमले पटक-पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ । 
 
उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ । 
 
पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।