Trending :
 

रसुवामा तितेपातीको तेल उत्पादन सुरु

कार्तिक २१,२०७६

-

कात्तिक २१, २०७६  काठमाडौं ।
रसुवाको उत्तरगया गाउँपालिका-३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । 
 
गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । 
 
गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । 
 
ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले सञ्चालन गरेको उत्पादन केन्द्रले वार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । आजको नागरिकमा खबर छ ।