Trending :
 

‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुले पानीको डोको बोकेपछि

कार्तिक २१,२०७६

-

कात्तिक २१,२०७६  काठमाडौं ।
गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । 
 
गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए-पानीले भरिएका गाग्री डोकामा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । 
 
त्यसपछि नेताहरुको चेत खुल्लाकी भन्ने सोचेका थिए, गाउँलेले । 
 
उक्त समस्या सुल्झाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो । मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका-८ स्थित महांकाल बस्तीमा पुगेका विभिन्न दलआबद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको ग्राग्री डोकोमा राखेर बोक्नुप¥यो । आजको नेपाल समाचारपत्रमा खबर छ ।