वीरगन्जमा चलचित्र महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।
 
महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरुले प्रभातफेरिमा निकालेका थिए ।  घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो ।
 
 
चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्ज पुगेका छन् ।