नेपाललाई निरन्तर सघाउने अमेरिकाको प्रतिबद्धता :

कार्तिक २२,२०७६

-

कात्तिक २२, २०७६ काठमाडौं ।
अमेरिकाले नेपालको सामाजिक-आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 
अर्थमन्त्री युवराज खतिवडासँग बिहिबार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताए ।
    
प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनले बताए ।आजको गोरखापत्र दैनिकमा खबर छ ।