राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई एक अर्ब ६३ करोड वितरण गर्दै

कार्तिक २२,२०७६

-

कात्तिक २२, २०७६ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।
 
बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।
 
राष्ट्र बैंकका सह-प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।