Trending :
 

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

कार्तिक २४,२०७६

-

कात्तिक २४, २०७६ काठमाडौं । 
सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ । लामो समयदेखी श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताएका छन ।
 
सरकारले पछिल्लो समय नेपाली ?मिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । सोही उदेश्य अनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र समझदारीका लागि आवश्यक मस्यौदा आदानप्रदान गरिरहेको हो । श्रम सम्झौताका लागि नेपालले ठिाएको मस्यौदा ओमानबाट आइसकेको बताईएको छ । 
 
उक्त मस्यौदालाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि दुई देशबीचको श्रम सम्झौता हुने बताईएको छ । आजको नागरिक दैनिकमा खबर छ ।