Trending :
 

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री सचिवालय सदस्य हेरफेर गर्ने तयारी

कार्तिक २४,२०७६

-

कात्तिक २४, २०७६ काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका छन् ।
 
सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहेका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका हुन् ।
 
 
मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
 
जिम्मेवारी हेरफेर हुने भएसँगै सबै सल्लाहकारले राजीनामा दिने तयारीमा रहेका बताइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।