Trending :
 

देशभरका अधिकांश कारागारको अवस्था नाजुक !

६० रुपैयाँले दैनिकी काट्नै गाह्रो परेको कैदीहरूको गुनासो :

कार्तिक २४,२०७६

-

कात्तिक २४, २०७६ काठमाडौं । 
महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । 
 
बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ ।
 
नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा कारागार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै गरेकाले कैदीबन्दीलाई सप्तरी र झुम्का कारागारमा पठाउने गरेको पाइएको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवकुमार रेग्मीले जानकारी दिए ।
 
विगतको अनुगमन जस्तै यसपटक पनि कैदी तथा थुनुवाबन्दीले आफूले पाउने दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ ज्यादै कम भएको तथा जरिमानाबापत कट्टा हुने रकमसमेत कम भएकाले यसमा पुनर्विचार गर्न कैदीहरूले माग गरेका छन् । हालको बजार भाउ र महँगीका कारण सो रकम पर्याप्त नभएको र दैनिकी धान्न गाह्रो भएको कैदीबन्दीले गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।