Trending :
 

भारतीयद्धारा कञ्चनपुरको प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब !

कार्तिक ३०,२०७६

-

कात्तिक ३०,२०७६ काठमाडौं ।
 
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटमा १९५ नम्बरको सीमास्तम्भ ढलेको र १९६ नंको सीमास्तम्भ वर्षौदेखि भारतीय पक्षले गायब पारेको उल्लेख गर्दै ‘प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । 
 
 
दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् । 
 
दुई लाख ५० हजार वर्गमिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब २०० विघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरुले १९५ नम्बरको पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाअध्यक्ष नारायणप्रसाद जैसीले बताए । आजको नागरिक दैनिकले खबर लेखेको छ ।