बालयौन दुराचारीको अभियोगमा नेपालमा १२ विदेशी र दुई सहयोगी पक्राउ
-
कात्तिक ३०,२०७६ काठमाडौं ।
पश्चिम मुलुकका बालयौन दुराचारीहरुले नेपालमा जथाभावी खोलेका बालगृह, कमजोर कानुन र न्यायिक प्रणालीको फाइदा उठाउने गरेको उल्लेख गर्दै ‘बालयौन दुराचारीको दृष्टि नेपालतिर’ शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ ।
पछिल्ला दिनमा दुई-तीन वर्षभित्र पक्राउ परेकाहरुको माथिको अनुसन्धानले नेपालीमा पश्चिमा देशका बालयौन दुराचारीहरुको बिगबिगी रहेको देखाएको हो ।
प्रहरीका अनुसार २०७५ मा मात्रै ६ विदेशी र एक नेपाली गरेर सात जनता यही आरोपमा पक्राउ परेका छन् । जसमा फ्रान्सका तीन, नेदरल्यान्ड्स, भारत, अमेरिका र नेपालका एक–एक रहेका थिए ।
त्यसैगरी २०७५र७६ सम्म दुई वर्षमा नेपालमा १२ विदेशी र उनीहरुका दुई सहयोगी बालयौन दुराचारीको अभियोगमा पक्राउ परेका थिए । उनीहरुबाट ३३ जना बालबालिका पीडित भएको देखिन्छ ।
कान्तिपुर दैनिकले खबर लेखेको छ ।