Trending :
 

समाजवादीमा उपेन्द्र यादव हाबी

मंसिर ०१,२०७६

-

मंसिर १,२०७६ काठमाडौं ।
समाजवादीमा उपेन्द्र यादव हाबी बनेको समाचार प्रकाशित छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको समाचारमा बताइएको छ ।
 
तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निर्णय नै बैठकले पास गरेको छ । पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईको अडान तत्काल सरकारबाट बाहिरिनुपर्ने भए पनि उनी आफ्नो अडानमा टिक्न सकेनन् ।
 
सर्वोच्च अदालतले सरकालाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको समाचार पनि प्रकाशित छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिँदै सरकारसँग कारण देखाउ, आदेश जारी गरेको हो ।आजको नागरिक दैनिकमा खबर छ ।