पक्राउ गर्ने प्रहरीलाई नै मार्ने आलमको धम्की !
-
मंसिर २, २०७६ काठमाडौं ।
जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट-२ का कांग्रेस सांसद् मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने मान्ने मार्ने धम्की दिएको लेखेको छ । यति मात्रै होइन, उनले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् ।
असोज २६ मा पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा उनले प्रहरीसँग भनाभन गर्दै धम्की दिएका हुन् ।
डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको इद्रिस गेटनजिकैबाट उनलाई पक्राउ गरेको थियो ।
त्इतिबेला डीएसपी साब जरुरी काम छ । अहिले म वारात ९जन्ती० जान्छु । यस विषयमा पछि कुरा गरौंला भन्दै उनी उम्किन खोजेका थिए ।
त्यसपछि आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् । कान्तिपुरले खबर लेखेको छ ।