Trending :
 

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम !

मंसिर ०३,२०७६

-

मंसिर ३,२०७६ काठमाडौं ।
लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम शीर्षकमा समाचार प्रकाशित छ । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। 
 
भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। 
 
जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह्यो। नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका-५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो। तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन्। 
 
१४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन्। १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ। त्यो जमिन अहिले झाडीमा परिणत भएको छ।
नयाँ पत्रिकामा खबर छ ।