Trending :
 

ठेकदारकै कारण मुलुकभर १ हजार ८ सय ४८ आयोजना वर्षौंदेखि अलपत्र

मंसिर ०३,२०७६

-

मंसिर ३,२०७६ काठमाडौं ।
 
अन्नपूर्ण पोष्ट दैनिकले ठेकदार कि ठगदार रु शीर्षकमा समाचार प्रकाशित गरेको छ । समयमा काम नसक्ने ठेकदारलाई नेपालमा क्षतिपूर्ति भराइँदैन। 
 
त्यो उन्मुक्ति र उच्च राजनीतिक पहुँचका आधारमा म्याद नघाएर वर्षौं परियोजना ओगट्ने क्रम बढेको छ। सरकारले न काम गराउँछ, न कारबाही। वाक्क भएको नागरिक समुदाय ठेकदारको फोटोसहित सार्वजनिक गरेर आफैं दबाबमा लागेको छ। 
 
यसको प्रतिफल पनि सकारात्मक देखिएको छ– नगरकोट र दोलखामा जनताकै डरले ठेगदारले काम सुचारु गरेका छन्। हुन पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक भन्छ– मुलुकभर १ हजार ८ सय ४८ आयोजना ठेकदारकै कारण वर्षौंदेखि अलपत्र छन्।
 
तिनको लागत एक खर्ब १८ अर्ब रुपैयाँभन्दा धेरै छ। कतिपय आयोजना रुग्ण अवस्थामा पुगिसकेका छन्। सर्वसाधारणले तिनलाई ‘ठगदार’ का रूपमा चित्रण गर्न थालेको समाचारमा उल्लेख छ।