Trending :
 

दशगजा क्षेत्रमा नेपाली भूमी कब्जा गरेर भारतीयको आलुखेती !

मंसिर ०६,२०७६

-

मंसिर ६,२०७६ काठमाडौं ।
 
नेपाली भू-भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले  अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । 
 
 
गौरीगन्ज गाउँपालिका साविक आमगाछी-४ मा यस्तो अवस्था रहेको छ ।
 
 
सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।
 
भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।