Trending :
 

प्रधानमन्त्री बन्न कुनै हतारो नभएको प्रचण्डको भनाई

मंसिर ०७,२०७६

-

मंसिर ७,२०७६ काठमाडौं ।
 
नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।
 
मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुप¥यो, स्थायित्व हुनुप¥यो । विकास निर्माणले गति लिनुप¥यो,’ उलने आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व  र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’ 
 
अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरुको अन्त्य भएको पनि उल्लेख गरे ।