Trending :
 

बैंकिङ अपराधमा नक्कली कम्पनी र कर्मचारीको मिलेमहतोः १० वर्षमा २२ अर्ब ठगी !

मंसिर ०७,२०७६

-

मंसिर ७,२०७६ काठमाडौं ।
 
नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अतिकतम मूल्यांकन गरी बैंकका कर्मचारीद्वारा मिलेमतोमा कर्जा प्रवाह हुने गरेको पाईएको छ । 
 
नयाँ पत्रिका दैनिकका अनुसार पछिललो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । 
 
यो अवधिमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित एक हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ ।
 
उनीहरुसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार ८ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । 
 
हाल सिआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाको करीब ६० लाख अनियमिताको घटना छानबिन गरिरहेको छ  ।