Trending :
 

राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद सचिवालयको पत्राचार

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
 
राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ । 
 
फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । 
 
सदस्यहरुको पद रिक्त हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ । एक तिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ ।
आजको नागरिक दैनिकमा खबर छ ।