Trending :
 

राउटे समुदाय परिवर्तन उन्मुख,बालबालिका पुर्खाको मान्यता तोडेर लेखपढ गर्दै !

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
अक्षर चिन्दै राउटे बालबालिका भन्ने समाचार पनि प्रकाशित छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्–लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। 
 
वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्। दैलेखको गुराँस गाउँपालिकामा रहेको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर अक्षर चिन्न थालेका छन्।
 
मुखियाले पढेको थाहा पाए गाली गर्छन्,’ १२ वर्षीय खम्मागाडे शाहीले भने, ‘त्यसैले बस्तीदेखि ढाटा गएर लुकीलुकी अक्षर चिन्न थालेका छौं।’ घुमन्ते राउटे समुदायका बालबालिकाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) ले जोडी शिक्षक राखेको छ।
 
राउटे बालबालिका तिनै जोडी शिक्षकसँग गएर अक्षर चिन्न थालेका छन्। घुमन्ते जीवन बिताउने यो समुदायको संख्या एक सय ४८ छ। १५ वर्षमुनिका बालबालिका ३२ जना छन्। चार बालिका र ११ बालक अक्षर चिन्न नियमित जोडी शिक्षकसँग जान्छन्। 
 
अहिले आफ्नो नाम लेख्ने र पैसा गन्न सक्ने भएका छौं,’ १५ वर्षीय नवीन शाहीले भने, स्कुलै गएर पढ्ने रहर भए पनि अभिभावकको इच्छाविपरीत जान सकिँदैन्।आजको नागरिक दैनिकमा खबर छ ।