Trending :
 

चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफ्नै लक्ष्यसमेत पुरा गर्न सकेनन्

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
कान्तिपुर दैनिकले कार्यसम्पादन मूल्यांकनको चार महिने समीक्षाको रिपोर्ट सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कामलाई तीव्रता दिन भन्दै यो आर्थिक वर्षको सुरुमै मन्त्री र सचिवहरुसँग कार्यसम्पादन मूल्यांकन गरे पनि पहिलो चार महिनाको प्रगति निराशाजनक देखिएको छ ।
 
आर्थिक वर्षको पहिलो चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफैंले निर्धारण गरेको लक्ष्यसमेत प्राप्त गर्न सकेनन् । कान्तिपुरले लेखेको छ, अन्य मन्त्रालय र निकाय त परै जाओस्, स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नै आधाभन्दा बढी काम पूरा गर्न सकेन ।’
 
कान्तिपुरमै प्रदेश १ का सबै मन्त्रीहरुले आफू ऋणमा रहेको विवरणसहित सम्पत्ति विवरण पेस गरेको समाचार छापेको छ ।