Trending :
 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने

मंसिर १८,२०७६

-

मंसिर १८,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् ।
 
मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ। अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने । एपेन्डिसाइटिससहित पेरिटोनाइटिस ९पेटको संक्रमण० समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।
 
त्यस्तै, अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री शीर्षकको समाचार पनि छ । प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नै पर्ने काम नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।
 
सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, आवश्यक विषयमा सचिवालय र सल्लाहकार मार्फत समन्वय भइरहेको छ ।’ 
 
उनले मन्त्रीहरुको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत भइरहेको जानकारी दिए ।आजको कान्तिपुर दैनिकमा खबर छ ।