Trending :
 

गढीमाई मेलाको पहिलो दिन दिन १५ लाखभन्दा बढी श्रद्धालु सहभागि

मंसिर १८,२०७६

-

मंसिर १८,२०७६ काठमाडौं ।
बाराको महागढीमाई नगरपालिका-१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ।
 
मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १-र१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो।
 
कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत अधिकतर सडकहरूमा लामो सवारी जाम भएपछि श्रद्धालुहरू घण्टौं हिँडेर मेलासम्म पुग्न बाध्य भएका छन्। मानवत-मटिअर्वा, पिलुवा–कलैया, गञ्जभवानीपुर–गढीमाई सडकमा पनि मानिस तथा सवारीसाधनको अत्याधिक भिड देखिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। 
 
खनालका अनुसार भारतको विभिन्न राज्य र नेपालका विभिन्न जिल्लाहरूबाट श्रद्धालुहरू धेरै आइपुगेकाले सडक र मेलाक्षेत्रमा श्रद्धालुहरूको पत्याउनै नसकिने भिड भएको छ।
 
विगत वर्षहरूझैं यस वर्ष पनि जनकपुरको विवाह पञ्चमी महोत्सव हेरेर भारतीय गाडीहरू गढीमाई पुगेकाले मंगलबार १५ लाखभन्दा द्धालु भेला भएको र उनीहरूलाई व्यवस्थापन गर्न चुनौती बनेको उपरीक्षक खनालको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।