Trending :
 

जापानको नर्सिङ केयरगिभरको सीप परीक्षणमा सबै फेल,भाषामा एक जना मात्रै पास!

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् ।
 
जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागि थिए । ती मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तिर्ण भएका छन् ।
 
नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तिर्ण हुनुपर्छ ।
 
अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो ।
 
कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।
 
जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिर सूचना अनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षाका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए ।
 
यसबाट पनि सामान्य परीक्षाका लागि भने ५ हजार ९ जना छानिएका थिए । यसमा ५६ जना उत्तिर्ण भए ।
 
त्यसको पहिलो लटमा नर्सिङ केयर गिभरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागि थिए । कान्तिपुर दैनिकमा खबर छ ।