Trending :
 

सिडिओले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे !

मंसिर २०,२०७६

-

मंसिर २०,२०७६ काठमाडौं ।
दोलखाका सिडिओले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरेको खबर छ । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ । 
 
उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन् । 
 
रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए ।
 
तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् । सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । 
 
विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।