Trending :
 

कबाडी पेस्तोलले सागमा नेपाली खेलाडीलाई धोका,लज्जाबोध हुनुपरेको गुनासो

मंसिर २१,२०७६

-

मंसिर २१,२०७६ काठमाडौं ।
निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो ।
 
१३ औं दक्षिण एसियाली खेलकुद(साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिएन् । 
 
६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन । बीचमै स्पर्धा छोड्नुपर्ने अबस्था आयो । तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यती बेलासम्म ढिलो भइसकेको थियो । 
 
फाइनल चरणमा पुग्ने अभिलाशासाथ सुरुबाटै अग्रता दिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रबेशको ढोका बन्द भयो । नागरिक दैनिकमा खबर छ ।